साउदी अरबमा सडक दुर्घटनामा परेर तीन नेपालीको मृत्यु


 


काठमाडौं । साउदी अरबमा सवारी दुर्घटनामा परेर तीन जना नेपाली नागरिकको मृत्यु भएको छ ।

देशको पश्चिम क्षेत्रमा पर्ने जिजान क्षेत्रमा बिहीबार भएको दुर्घटनामा उनीहरूको मृत्यु भएको हो ।

जेद्दास्थित नेपाली महावाणिज्य दूतावासका अनुसार दुर्घटनामा कृष्ण खत्री, रूपक कार्की र मानबहादुर रानाको मृत्यु भएको छ । एक जना नेपाली घाइते भएका छन् । उनीहरूको नेपालस्थित घर खुलाइएको छैन ।

यस्तै दुर्घटनामा ९ जना भारतीय र ३ जना घानाका नागरिकको पनि ज्यान गएको छ ।

जिजानबाट कामदार लिएर कार्यस्थलतर्फ जाँदै गरेको बस ट्रेलरसँग ठोक्किएर दुर्घटना भएको बताइएको छ ।

प्रकाशित मिति: १९ माघ २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्