आजको मौसम : हिमाली भेग हिमपातको सम्भावना


 


काठमाडौं, माघ १९ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

राति भने कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।

प्रकाशित मिति: १९ माघ २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्