बारम्बार विश्वासको मत लिनुपर्ने तमासाबाट मुक्त भएको छ : प्रधानमन्त्री ओली


 


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार विश्वासको मत लिनुपर्ने तमासाबाट संसद् मुक्त भएको बताएका छन् ।

उनले शुक्रबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर सम्बोधन गर्दै आफ्नो कार्यकालको यो ६ महिनामा बारम्बार विश्वासको मत लिनुपर्ने अवस्था अन्त्य भएको भन्दै सरकारले स्थायित्व पाएको चर्चा गरे ।

सत्ताको नाममा प्वाल पारेर फुत्त अर्को डुंगा चलाउने परिपाटी यो अवधिमा अन्त्य भएको प्रधानमन्त्री ओलीले प्रस्ट पारे । उनले नीतिगत सुधारका लागि ठोस कार्ययोजना तयार गरी तीव्रता दिइएको पनि बताए ।

प्रकाशित मिति: १८ माघ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्