संघीय संसदको हिउँदे अधिवेशन सुरु

काठमाडौं । करिब चार महिनापछि प्रतिनिधि सभाको बैठक सुरू भएको छ।
शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक केही बेर ढिला गरी सुरू भएको हो।
अधिवेशन अन्तर्गत प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित राजनीतिक दलका शीर्ष नेताले मन्तव्य राख्ने कार्यसूची छ ।
बैठकमा प्रधानमन्त्री ओलीसहित प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संसदमा प्रतिनिधित्व रहेका दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ।
सरकारले हालै ल्याएका ६ वटा अध्यादेश पनि आजकै बैठकमा पेस गर्ने तयारी छ।
प्रकाशित मिति: १८ माघ २०८१, शुक्रबार