सिंहदरबार पुगेर सभामुख घिमिरेलाई भेट्दै रवि लामिछाने


 


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं निलम्बित सांसद रवि लामिछानेले सभामुखलाई भेट्ने तयारी थालेका छन्।

संघीय संसद्को हिउँदे अधिवेशन सुरु हुनुअघि लामिछानेले सभामुख देवराज घिमिरेसँग भेट्ने तयारी गरेका हुन् ।

लामिछानेले सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालय पुगेर सांसदहरूलाई भेट्न लागेका छन्।

संसद् बैठक सुरु हुनुअघि सभापति लामिछानेले आफ्ना सांसदहरूलाई पछिल्लो समसामयिक अवस्था र खेल्नुपर्ने भूमिकाबारे ब्रिफिङ गर्ने कार्यक्रम छ ।

लामिछानेलाई संसद् सचिवालयले गत पुस ८ गते सांसद् पदबाट निलम्बन गरेको थियो ।

प्रकाशित मिति: १८ माघ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्