तोलामा २३०० रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?


 


काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला २३ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य ३० रुपैयाँ बढेर कारोबार भइरहेको छ । आज चाँदी प्रतितोला एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार चाँदी प्रतितोला एक हजार ८८५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: १८ माघ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्