वैदेशिक रोजगारीमा बढ्यो ठगीको उजुरी

काठमाडौँ । वैदेशिक रोजगारीका नाममा हुने ठगी बढेको छ ।
वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष २०८०/८१ को छ महिनामा दुई हजार ६२९ जना ठगिएकामा चालु आवको सोही अवधिमा तीन हजार ४०५ ठगीका घटना दर्ता भएका छन् । समीक्षा अवधिमा ठगीका उजुरी ७७६ वटाले बढेको हो ।
वैदेशिक रोजगारीमा जाने अधिकांश युवा घरगाउँकै दाजुभाइ, दिदीबाहिनी, आफन्त र सहरका वैदेशिक रोजगार व्यवसायी कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सल्टेन्सीलगायतबाट ठगिने गरेका छन् ।
विभागका अनुसार चालु आवमा वैदेशिक रोजगारीका क्रममा २४ करोड ६७ लाख ३२ हजारभन्दा बढी ठगिएको दाबीसहित उजुरी परेको छ । विभागमा परेका उजुरीमध्ये ठुलो सङ्ख्या व्यक्तिगत प्रकृतिका छन् ।
प्रकाशित मिति: १८ माघ २०८१, शुक्रबार