कांग्रेस संसदीय दलको बैठक बस्दै


 


काठमाडौं, माघ १८ । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।

बैठक आज बिहान साढे ८ बजेपछि संसद् भवनस्थित ल्होत्से हलमा बस्न लागेको हो ।

आजबाट सुरु हुने संसदको हिउँदे अधिवेशनमा पार्टीका सांसदहरुको प्रस्तुति लगायतका विषयमा बैठकमा छलफल हुने बताइएको छ । अध्यादेश विवादपछि अन्ततः आज सङ्घीय संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ ।

सत्ता पक्ष पछिल्लो समय ल्याइएका ६ वटा अध्यादेश संसदबाट पारित गर्ने तयारीमा छ भने प्रतिपक्षी संसद् रोकेर बदनियतपूर्ण तरिकाले ल्याइएको अध्यादेश फिर्ता हुनुपर्ने माग गरिरहेका छन् । ती अध्यादेश आज संसदमा पेस हुनेछन् ।

प्रकाशित मिति: १८ माघ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्