दुर्घटनामा एक जनाको मृत्यु


 


काठमाण्डौ, फागुन १६

काठमाडौंको बालाजुमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । बालाजुस्थित फुलबारी गेटमा आज विहान ५ बजे ना ३ ख ६२१६ नम्बरको बसले बा ७४ प ६६६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका तार्केश्वरका ३५ वर्षीया गंगा फुयाँलको मृत्यु भएको छ । चालक ३८ वर्षीय राजकुमार फुयाँल गम्भीर घाइते भएका छन् र उनको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घटनामा विरोधमा स्थानीयहरुले प्रदर्शन गरेका कारण केहीबेर बालाजु बाइपास क्षेत्रको सवारी प्रभावित भएको थियो ।

प्रकाशित मिति: १६ फाल्गुन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्