स‌ंशोधन प्रस्तावबाटै सहमति खोज्ने सरकारको तयारी


 


काठमाण्डौ, फागुन १६

सरकारले आजदेखि संविधान संशोधन विधेयक पारित गराउन पहल थाल्ने तयारी गरेको छ । आजदेखि पहल थाल्ने तयारी गरेको प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार नारायण दाहालले जानकारी दिए। विधेयकमा संशोधन दर्ता गर्ने या नगर्ने भन्ने विषयमा अन्तरिक विवादबीच संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संशोधन हालेको छ ।

सरकारको प्रस्तावमा असन्तुष्टि जनाएको मोर्चा्भित्र पनि संशोधन दर्ता गर्ने वा नगर्नेमा विवाद थियो । संघीय समाजवादी फोरम र तराई मधेस सद्भावना पार्टीले संशोधन नराख्ने अडान लिएका थिए । तर मोर्चाले विधेयकमा संशोधन दर्ता गरेको छ । मधेसी मोर्चा्भित्रको असन्तुष्टिका विषयमा पनि एकदुई दिनमा छलफल गरिने सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले जानकारी दिए ।

प्रकाशित मिति: १६ फाल्गुन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्