रामेछापमा ४.६ रेक्टरको परकम्प


 


काठमाडौं, फागुन १६
रामेछाप केन्द्रविन्दु भएर ४.६ रेक्टर स्केलको परकम्प गएको छ । परकम्पको धक्का काठमाडौं उपत्यकासहित रामेछाप, सोलुखुम्बु, ओखलढुंगा, सिन्धुली, दोलखा, काभ्रे, सिन्धुपाल्चोक लगायतको क्षेत्रमा महसुस गरिएको थियो ।
यो २०७२ वैशाख १२ को गोरखा भूकम्पको परकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।
यसअघि फागुन ७ गते धादिङ केन्द्र विन्दु भएर ४ रेक्टरको परकम्प गएको थियो । माघको २८ गते पनि दार्चुला केन्द्र विन्दु भएर ४ दशमलव १ रेक्टरको भूकम्प गएको थियो ।

प्रकाशित मिति: १६ फाल्गुन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्