सरकारी कर्मचारीले राजीनामा दिए ८ महिनाको अतिरिक्त तलब दिने ट्रम्पको घोषणा
![](https://www.deshkonews.com/wp-content/uploads/2016/10/Donald-trump.jpg)
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय सरकारमा कर्मचारीहरूको संख्या घटाउने काम सुरु गरेका छन्।
ट्रम्प प्रशासनले मंगलबार संघीय कर्मचारीहरूलाई जागिर छोड्ने विकल्प प्रस्ताव गरेको हुन्।
यसका लागि एक हप्ता अर्थात् फेब्रुअरी ६ सम्मको समय दिइएको छ। जागिर छोडेबापत कर्मचारीहरूलाई ८ महिनाको अतिरिक्त तलब दिइनेछ।
सरकारी जागिरका लागि भर्ना गर्ने कार्मिक विभागले भविष्यमा कर्मचारी कटौती गर्ने चेतावनी पनि दिएको छ।
लाखौं कर्मचारीहरूलाई पठाइएको इमेलमा उनीहरुले फेब्रुअरी ६ सम्ममा राजीनामा दिए लगभग आठ महिनाको तलब पाउने जनाइएको छ।
अमेरिकामा ३० लाखभन्दा बढी संघीय कर्मचारी रहेको जनाइएको छ।
प्रकाशित मिति: १६ माघ २०८१, बुधबार