राष्ट्र निर्माणमा नेपाली सेनाको भूमिका महत्वपूर्ण : प्रधानसेनापति क्षत्री


 


दमौली, फागुन १५

प्रधानसेनापति राजेन्द्र क्षत्रीले राष्ट्र निर्माणमा नेपाली सेनाको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । दोस्रो ज्यामरुककोट मिर्लुङ पर्यटन महोत्सवको यहाँ आज उद्घाटन गर्दै प्रधानसेनापति क्षत्रीले संविधान कार्यान्वयनका लागि जनताको हरेक पक्षमा साथ दिन नेपाली सेना तयार रहेको बताउनुभयो ।

“आफू जन्मे हुर्केको गाउँमा आयोजित महोत्सव हेर्न पाउँदा निकै खुशी लागेको छ,” उहाँले भन्नुभयो । महोत्सवले पर्यटन प्रवद्र्धनमा टेवा मिल्ने उहाँको भनाइ थियो । प्रधानसेनापति क्षत्रीले आजै महोत्सवस्थल नजिकै रहेको विद्यानिकुञ्ज माध्यमिक विद्यालयको समेत निरीक्षण समेत गर्नुभयो ।

उक्त अवसरमा उहाँले मिर्लुङकोटबाट प्याराग्लाइडिङको समेत अवलोकन गर्नुभयो । महोत्सव आयोजक समितिका संयोजक सुशील भण्डारीले लमजुङ, तनहुँ र कास्कीलाई जोड्ने पदमार्गको पहिचान गराई आन्तरिक तथा बाह्य पर्यटनको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताउनुभयो । महोत्सवमा विभिन्न क्षेत्रका २५ वटा कक्ष राखिएको छ । रास

प्रकाशित मिति: १५ फाल्गुन २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्