एमाले प्रदेश सम्पर्क स‌गठन कमिटीमा भण्डारी


 


काठमाडौँ, फागुन १५

नेकपा एमाले प्रदेश सम्पर्क संगठन कमिटी प्रदेश न. १ को पहिलो बैठक सम्पन्न भएको छ । एमाले स्थायी कमिटी सदस्य एबम सम्पर्क विशेष समन्वय कमिटीका संयोजक छबिलाल विश्वकर्माको प्रमुख आतिथ्य तथा कमिटीका संयोजक इन्द्र भण्डारीको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

परिबर्तित संघिय संरचना अनुसार एमाले मातहतका जनबर्गिय संगठनहरुलाई रुपान्तरित गर्ने क्रममा मेची, कोशी र सगरमाथा अञ्चल सम्पर्क कमिटीहरु प्रदेश न‌‌ १ मा गाभिएको हो । जस अनुरुप इन्द्र भण्डारीको संयोजकत्वमा ११९ सदस्यीय प्रदेश सम्पर्क सगठन कमिटी समेत गठन भएको छ ।

जसमा ३ अन्चलका १४ जिल्ला रहेका छन् । कार्यक्रममा प्रमुख अतिथि विश्वकर्माले एमालेको नीति, कार्यक्रम र अभियानलाई सफल पार्न उपस्थित कार्यकर्तालार्इ निर्देशन दिनुभयो ।

प्रकाशित मिति: १५ फाल्गुन २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्