चुनौती सामना गर्न सरकारलाई नेता नेपालको सुझाव


 


कास्की ,फागुन १५

एमाले नेता माधवकुमार नेपालले स्थानीय तह निर्वाचनको मिति घोषणापछि सरकारले खुट्टा कमाउनुको साटो चुनौती सामना गर्न आँट राख्नुपर्ने बताएका छन । प्रेस चौतारी कास्कीको आयोजनामा आज पोखरामा आयोजित पत्रकार भेटघाटमा बोल्दै नेपालले कसैले समर्थन फिर्ता लिन्छु भनेर घुर्की लगाउँदैमा सरकारले खुट्टा कमाउनु नहुने बताएका छन ।

संसदमा दर्ता भएको संविधान संशोधनको प्रस्ताव पारित नभए मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिन चेतावनी दिएको प्रसंगमा नेपालले भाषा, नागरिकता र प्रदेशको सीमांकनका विषयमा एमाले असहमत रहेको बताए ।

प्रकाशित मिति: १५ फाल्गुन २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्