दुर्घटनामा एक जनाको मृत्यु


 


रुपन्देही, फागुन १५

रुपन्देहीको जोगडामा आज बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बिहान पौने ८ बजे दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा रुपन्देहीका १८ वर्षीय नियाज अहमद मुसलमानको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

लु १९ प ६५२ र लु २४ प ६६४३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा चार जना घाइते भएका छन । मोटरसाइकल पछाडि सवार रहेकी ७ बर्षीया खुसनामा मुसलमान, ११ बर्षीया राहत खातुन, १३ बर्षीया हसिना खातुन र १९ बर्षीय गणेश कुर्मीं घाइते भएका छन ।

घाइतेमध्ये खुसनामा र कुर्मीको अवस्था गम्भिर छ । उनीहरुको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ। अन्य घाइतेको अवस्था सामान्य रहेकोले स्थानीय अस्पतालमै उपचार भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १५ फाल्गुन २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्