भारतमा रेल दुर्घटना हुँदा १३ जनाको मृत्यु, ४ नेपालीको सनाखत


 


काठमाडौं । भारतको महाराष्ट्रको जलगांवमा बुधबार साँझ रेलको ठक्करबाट १३ जनाको मृत्यु हुनेको भएको छ । भारतीय सञ्चारमाध्ययमका अनुसार मृत्यु हुनेमा चार महिला र नौ जना पुरुष रहेका छन् ।

जलगावमा आगलागी भएको अफवाहपछि आफ्नो रेलबाट हाम फाल्दा नजिकैको ट्र्याकमा रहेको अर्को रेलले ठक्कर दिँदा उक्त दुर्घटना हुन पुगेको हो ।

दुर्घटनामा परी चार जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा लछिराम पासी, इम्तियाज अली, बाबु खान र हिमु विश्वकर्मा रहेको बताएइको छ ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुको नजिकैको पचोराको स्थानीय अस्पतालमा भर्ना गरिएको छ भने मृतकको शव पोष्टमार्टमका लागि जलगाउँ सरकारी अस्पतालमा पठाइएको छ ।

महाराष्ट्र सरकारले मृतकका परिवारलाई ५ लाख रूपैयाँ दिने घोषणा गरेको छ ।

प्रकाशित मिति: १० माघ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्