टर्कीको एक होटलमा भीषण आगलागी, ७६ जनाको मृत्यु
![](https://www.deshkonews.com/wp-content/uploads/2025/01/2-19.jpg)
एजेन्सी । टर्कीको एक होटेलमा आगलागी हुँदा ७६ जनाको मृत्यु भएको छ भने ५० घाइते भएका छन् ।
बोलु प्रान्तको १२ तले ग्राण्ड कार्तल होटेलको चौथो तलामा रहेको रेष्टुरेन्टबाट आगो सल्किएको हो ।
आगलागीको समयमा उक्त होटेलमा २३८ जना रहेको बताइएको छ ।
दुई हप्ताको जाडो बिदा मनाउनेहरूको भीडले होटेल भरिएको थियो । घटनासँग सम्बन्धित नौ जनालाई हिरासतमा लिइएको गृहमन्त्री अली येर्लिकायाले बताए।
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बुधबार राष्ट्रिय शोकको घोषणा गरेका छन्।
प्रकाशित मिति: ९ माघ २०८१, बुधबार