ओली नेतृत्वको सरकारमा काम गर्न समस्या रहेको कांग्रेसका मन्त्रीहरुको बिफ्रिङ


 


काठमाडौं । नेपाली कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले केपी शर्मा ओली नेतृत्वको सरकारमा काम गर्न समस्या रहेको बताएका छन् ।

कांग्रेसका शीर्ष नेता र मन्त्रीहरुबीच भएको छलफलमा मन्त्रीहरुले उक्त विषयमा ब्रिफिङ गरेका हुन् ।

एमाले अध्यक्ष ओली नेतृत्वको वर्तमान सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरुले काम गर्न प्रत्यक्ष असहयोग नभए पनि समस्या भने रहेको बताए ।
कांग्रेसका शीर्ष नेता र मन्त्रीहरुबीच भएको छलफलमा मन्त्रीहरुले ब्रिफिङ गर्ने क्रममा काम गर्ने क्रममा आइपरेका समस्या र अप्ठ्याराबारे जानकारी गराएका थिए।

सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा संसदीय कार्यसमितिमा छलफलका लागि १० मन्त्री र २ राज्यमन्त्रीलाई डाकिएको थियो ।

उक्त बैठकमा प्रधानमन्त्री ओलीसँग काम गर्दा प्रत्यक्ष अप्ठ्यारो नभएपनि कहीँ न कहीँ समस्या रहेको मन्त्रीहरुले बताएको स्रोतले बतायो ।

६ महिनाको अवधिमा आफूले गरेका कार्यको विस्तृत जानकारी मन्त्रीहरुसँग लिने र आवश्यक सुझाव दिने गरी पार्टीले छलफल डाकेको थियो |

प्रकाशित मिति: ३ माघ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्