पेट्रोलियम पदार्थको नमुना लिएर चीन फर्कियो टोली
दैलेख । दैलेखको भैरवी गाउँपालिका–१ मा पेट्रोलियम पदार्थको अन्वेषणको ड्रिलिङ सकिएसँगै प्राप्त नमुना लिएर टोली चीन फर्किएको छ ।
गत वैशाख २८ बाट सुरु गरिएको ड्रिलिङबाट प्राप्त भएको नमुना एक ट्रकमा राखेर चीन फर्किएको हो ।
खानी तथा भूगर्भ विभागका अनुसार चार हजार १३ मिटर गहिराइसम्म ड्रिलिङ कार्य सकिएसँगै त्यसबाट आएका नमुना लिएर चीनको प्राविधिक टोली फर्किएको छ ।
दुई हजार सात सय मिटर ड्रिलिङ भएपछि प्रत्येक दुईरदुई मिटर गहिराइबाट निस्किएका ढुङ्गा र माटो परीक्षणपश्चात् सङ्कलन गरिएको नमुना लिएर टोली फर्किएको विभागका भूगर्भविद् प्रकाश लुइटेलले जानकारी दिए ।
नमुनालाई तातोपानी नाका हुँदै चीन पु¥याउन एउटा ट्रक अन्वेषण स्थल जलजलेबाट हिँडिसकेको छ ।
पेट्रोलियम पदार्थको अन्वेषणका लागि चीनबाट आएको ३५ जनाको प्राविधिक टोलीमध्ये १५ जना मात्र जलजलेमा रहेको र अन्य सबै चीन फर्किएको बताइएको छ ।
प्रकाशित मिति: ३ माघ २०८१, बिहिबार