कति छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?


 


काठमाडौँ, माघ ३ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर १ को खरिदर १३७ रुपैयाँ ८९ पैसा र बिक्रीदर एक १३८ रुपैयाँ ४९ पैसा कायम भएको छ ।

युरोपियन युरो १ को खरिदर १४२ रुपैयाँ १२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ७४ पैसा, युके पाउन्ड स्ट्रलिङ १ को खरिदर १६८ रुपैयाँ ६० पैसा र बिक्रीदर १६९ रुपैयाँ ३४ पैसा, स्विस फ्र्याङ्क १ को खरिदर १५१ रुपैयाँ २८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ९४ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर १ को खरिदर ८५ रुपैयाँ ५६ पैसा र बिक्रीदर ८५ रुपैयाँ ९३ पैसा, क्यानेडियन डलर १ को खरिदर ९६ रुपैयाँ १४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ५६ पैसा, सिङ्गापुर डलर १ को खरिदर १ सय रुपैयाँ ८९ पैसा र बिक्रीदर १ सय रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर ८ रुपैयाँ ७९ पैसा र बिक्रीदर ८ रुपैयाँ ८३ पैसा, चिनियाँ युआन १ को खरिदर १८ रुपैयाँ ८१ पैसा र बिक्रीदर १८ रुपैयाँ ८९ पैसा, साउदी अरेबियन रियाल १ को खरिदर ३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९० पैसा, कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९९ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट १ को खरिदर ३ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३ रुपैयाँ ९९ पैसा, युएई दिराम १ को खरिदर ३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७० पैसा, मलेसियन रिङ्गेट १ को खरिदर ३० रुपैयाँ ६५ पैसा र बिक्रीदर ३० रुपैयाँ ७८ पैसा, साउथ कोरियनवन १ सयको खरिददर नौ रुपैयाँ ४६ पैसा र बिक्रीदर नौ रुपैयाँ ५० पैसा, स्विडिस क्रोनर १ को खरिदर १२ रुपैयाँ ३६ पैसा र बिक्रीदर १२ रुपैयाँ १२ पैसा र डेनिस क्रोनर १ को खरिदर १९ रुपैयाँ पाँच पैसा र बिक्री दर १९ रुपैयाँ १३ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर १ को खरिदर १७ रुपैयाँ ७१ पैसा र बिक्रीदर १७ रुपैयाँ ७८ पैसा, कुवेती दिनार १ को खरिदर ४ सय ४६ रुपैयाँ ७७ पैसा र बिक्रीदर १ सय ४८ रुपैयाँ ७२ पैसा, बहराइन दिनार १ को खरिदर तीन सय ६५ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३ सय ६७ रुपैयाँ ४० पैसा, ओमनी रियाल १ को खरिदर १ सय ५८ रुपैयाँ १६ पैसा र बिक्रीदर ३ सय ५९ रुपैयाँ ७१ पैसा तथा भारतीय रुपैयाँ १ सयको खरिदर १ सय ६० रुपैयाँ र बिक्रीदर १ सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

प्रकाशित मिति: ३ माघ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्