लामो समयपछि समाजवादी मोर्चाको बैठक बस्दै


 


काठमाडौं, माघ २ । समाजवादी मोर्चाको बैठक लामो समयपछि आज (बुधबार) बस्दैछ ।

बैठक दिउँसो २ बजे नेकपा एकिकृत समाजवादी पार्टीको कार्यालय आलोकनगरमा बस्ने तय भएको हो ।

मोर्चामा नेकपा माओबादी केन्द्रसहित चार दल आबद्ध छन् । कार्यदलमा नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता प्रमेश हमाल, नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा र नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गङ्गानारायण श्रेष्ठ छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारबाट बाहिरिए पछि पहिलो पटक मोर्चाको बैठक बस्न लागेको हो ।

मोर्चाको बैठक बस्ने भएपछि आजै बिहान बस्ने भनिएको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक अपराह्न ४ बजेका लागि सरेको छ । बैठक बिहान ८ बजे अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बस्ने भनिएको थियो ।

प्रकाशित मिति: २ माघ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्