रवि लामिछानेको बाँकी थुनछेक बहस आज हुँदै
काठमाडौँ, माघ २ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दामा आजपनि थुनछेक बहस हुने भएको छ।
सोमबार थुनछेक बहस नसकिएपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासले लामिछानेलाई हिरासतमै पठाउन आदेश दिएको थियो । मंगलबार सार्वजनिक बिदा परेकाले आज बाँकी थुनछेक बहस हुनेछ।
उक्त मुद्दामा सोमबार सरकारी वकिल कार्यालयका तर्फबाट ११ जनाले बहस गरेका थिए । सरकारी वकिलको बहस सकिएको छ।
जाहेरवालाका तर्फबाट पनि बहस सकिएको छ। आज लामिछानेका वकिलको बहस गर्नेछन्।
काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाइएको छ ।
प्रकाशित मिति: २ माघ २०८१, बुधबार