लागुऔषधसहित तीन पक्राउ


 


म्याग्दी, फागुन १३

लागुऔषधसहित प्रहरीले म्याग्दीको सदरमुकाम बेनीस्थित बसपार्कबाट तीन जनालाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा रुपन्देही खैरेनी– ४ का १८ वर्षीय अजय सेन्चुरी, २० वर्षीय राजु राना र पोखरा उप महानगरपालिका– १५ का २१ वर्षीय सोनम घताने रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिए । उनीहरुका साथबाट अपराधजन्य गतिविधिमा प्रयोग भएका तीन थान मोबाइलसमेत फेला पारेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १३ फाल्गुन २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्