अामा बन्दै मनीषा काेइराला
क्यान्सरलाई जितेपछि बलिउड अभिनेत्री मनीषा कोइरालाले जीवनमा नयाँ रङ भर्ने प्रयास गर्न थालेकी छन् ।
बलिउडमा कमब्याक गर्न लागेकी उनले आमा बन्न लागेको खुलासा पनि गरेकी छन् ।
तर उनी आफ्नै गर्भबाट नभई एक बालिकालाई धर्मपुत्री बनाएर आमा बन्न लागेकी हुन् ।
सन् २०१० मा व्यवसायी सम्राट् दाहालसँग विवाह गरेकी मनीषाले उनीसँग सन् २०१२ मा डिभोर्स गरेकी हुन् ।
प्रकाशित मिति: १३ फाल्गुन २०७३, शुक्रबार