राजनीतिक दलसम्बन्धी कानूनलाई सच्याउनुपर्ने आवश्यकता छ : प्रधानमन्त्री ओली


 


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी कानूनलाई सच्याउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिने क्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

कुनै दललाई फुटाउने र मिलाउने काम आफ्नो नभएको स्पष्ट पारे। प्रधानमन्त्री ओलीले दल विभाजन गराउने सम्बन्धी अध्यादेश ल्याउन लाग्यो भनेर झूट र नकारात्मकता फैलाइएको भन्दै चिन्ता जनाए।

कुनै पनि दल मिल्ने र फुट्ने ती दलको आन्तरिक विषय भएको उनले प्रष्ट्याए ।

विगतमा आफू प्रधानमन्त्री हुँदा कुनै दल विभाजन हुने स्थिति आएमा संसदीय दल र केन्द्रीय कमिटी दुवैमा ४० प्रतिशत पुर्‍याउनु पर्ने संविधानको व्यवस्था कार्यान्वयनमा जटिलता आएकाले संसदीय दल वा केन्द्रीय कमिटीमा ४० प्रतिशतको प्रबन्ध गरेर अध्यादेश ल्याएको र विरोध आएपछि फिर्ता लिएको उनले सुनाए ।

प्रकाशित मिति: २९ पुस २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्