चार शाखा अधिकृत उपसचिव बढुवाका लागि सिफारिस
काठमाडौँ, पुस २९ । चार जना शाखा अधिकृतहरूलाई उपसचिव बढुवाका लागि सिफारिस गरिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत बढुवा समितिको सचिवालयले नेपाल कृषि सेवाका विभिन्न सेवा, समूह र श्रेणीका रिक्त पदमा चार जना शाखा अधिकृतहरूलाई उपसचिव पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
जसअनुसार नेपाल कृषि सेवाका भेटेरिनरी समूहतर्फ रिक्त उपसचिव पदमा २ जना, खाद्य पोषण तथा गुण नियन्त्रण समूहतर्फ १ जना र जनरल फरेष्ट्री समूहतर्फ १ जनालाई ज्येष्ठता र कार्यसम्पादनको मूल्यांकनद्वारा हुने बढुवाका लागि सिफारिस गरिएको छ ।
प्रकाशित मिति: २९ पुस २०८१, सोमबार