रवि लामिछानेमाथि आज थुनचेक बहस हुने
काठमाडौं, पुस २९ । गोर्खा मिडियामार्फत स्वर्णलक्ष्मी सहकारीका बचतकर्ताको रकम अपचलनको मुद्दामा आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आज (सोमबार) पुनः अदालतमा उपस्थित हुने भएका छन् ।
आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले आज १० बजे इजलासमा उपस्थित गराउन आदेश गर्दै न्यायिक हिरासतमा राख्न आदेश गरेको थियो । हिजो थुनछेक बहस नसकिएका कारण उनलाई हिरासतमा पठाइएको थियो ।
सरकारी वकिल पक्षले लामिछानेको बयान अध्ययन गर्न समय आवश्यक रहेको जनाउँदै थुनछेक बहस अगाडि नबढाउन आग्रह गरेपछि इजलासले लामिछानेलाई प्रहरी जिम्मा लगाउने निर्णय गरेको थियो ।
रविमाथि गोर्खा मिडियामार्फत स्वर्णलक्ष्मी सहकारीका बचतकर्ताको पाँच करोड बढी रकम अपचलनको आरोप छ ।
प्रकाशित मिति: २९ पुस २०८१, सोमबार