आज यी तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं, पुस २९ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ ।
अहिले बिहान कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली छ । बाँकी भागमा मौसम मुख्यतया सफा छ । तराईका थोरै भागमा हुस्सु लागेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही भागमा सोमबार वर्षाको सम्भावना छ । महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही भागमा वर्षाको सम्भावना रहेको हो ।
बागमती प्रदेशमा वर्षाको सम्भावना रहे पनि काठमाडौं उपत्यकामा भने वर्षाको सम्भावना छैन ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: २९ पुस २०८१, सोमबार