नेपाल क्लियरिङ्ग हाउस लि.को तेह्रौं वार्षिक साधारण


 


काठमाडौँ २८ पुस । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो तेह्रौ वार्षिक साधारण काठमाडांैमा सम्पन्न गरेको छ ।

बैठकले लेखापरीक्षण प्रतिवेदन सहितको २०८१ आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद–प्रवाह विवरण स्वीकृत गर्नुका साथै १९% बोनस शेयर र कर प्रयोजनका लागि १प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

यस पश्चात एनसीएचएलको चुत्ता पुँजी रु. १,२६,८२,७०,९०० बराबरको हनेछ साथै बैठकले अधिकृत पूँजी वृद्धि गरी रु २.२५ अर्ब पु¥याउन स्वीकृत गरेको छ । कम्पनीले पूँजी वृद्धी मार्फत नेशनल पेमेन्ट स्वीच, नेशनल तथा क्रस बोर्डर कारोबारका लागि थप भुक्तानी प्रणाली विकास गर्ने, जोखिम व्यवस्थापनलाई सुढृढ बनाउने र सञ्चालनमा रहेका पूर्वाधारहरुको स्तरोन्नतीका लागि प्रयोग गर्नेछ ।

आ.व. २०८०÷८१ म कम्पनीबाट फर्छौट भएका कारोबारहरुको संख्या ५४% ले बृद्धि भएसँगै कम्पनीको खुद नाफा ६.२% ले वृद्धी भएको छ । उक्त आर्थिक वर्षमा एनसीएचएलको भुक्तानी प्रणालीहरु मार्फत कुल १५६ खर्ब बराबरको १२.६ करोड भुक्तानी कारोबारहरु राफसाफ भएको थियो ।

बैठकले कम्पनीको सञ्चालक समितिमा तीन जना सञ्चालकहरु निर्विरोध रुपमा पुनः निर्वाचित गरेको छ । बाणिज्य बैंकहरुबाट प्रतिनिधित्व गर्दै एनसीएचएलको सञ्चालक समितिमा हिमालयन बैंक लि.का उप–प्रमुख कार्यकारी अधिकृत श्री उज्ज्वल राजभण्डारीज्यू, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि. का वरिष्ठ उप–प्रमुख कार्यकारी अधिकृत श्री महेश शर्मा ढकालज्यू तथा सिद्धार्थ बैंक लि.का प्रमुख सूचना प्रविधि श्री सृजन मल्लज्यू पुनः निर्वाचित हुनुभएका छन् ।

एनसीएचएलको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकको १ जना, वाणिज्य बैंकहरुबाट ३ जना, विकास बैंकहरु, फाइनान्स कम्पनीबाट र स्वतन्त्र गरी क्रमशः १–१ जना रहेका छन् । एनसीएचएलमा नेपाल राष्ट्र बैंकको ९.४५प्रतिशत र बैंक तथा वित्तीय संस्थाहरुको ९०.५५ प्रतिशत स्वामित्व रहेको छ ।

कम्पनीले NCHL-ECC, NCHL-IPS, RPS र EFT Switch लगायत connectIPS, CORPORATEPAY, connectRTGS, National Payments Interface (NPI) तथा NEPALPAY QR का विभिन्न च्यानल प्लेटफर्महरु सञ्चालन गर्दै आएको छ । नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेशनल कार्ड स्वीच र NEPALPAY डोमेस्टिक कार्ड कार्यान्वयन गर्ने क्रममा रहेको छ । एनसीएचएलमा हाल ५३ सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा १०० भन्दा बढि गैर–बैंकिङ्ग संस्थाहरु Indirect/Technical Member को रुपमा आवद्ध छन् ।

प्रकाशित मिति: २८ पुस २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्