उद्योगहरूको व्यवस्थापनलाई आधुनिकीकरण गर्नुपर्ने


 


काठमाडौँ, २६ पुस । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले उद्योगहरूको व्यवस्थापनलाई आधुनिकीकरण गर्नुपर्ने बताउनुभएको छ ।

आज यहाँ आयोजित नेपाल उद्योग वाणिज्य सङ्घ काठमाडौँको चौथो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले नेपालको उद्योग क्षेत्र जुन रूपमा सञ्चालन हुनुपर्ने हो त्यो नभएको बताउनुभयो ।

उहाँले स्थापना भइसकेका उद्योगहरूलाई पूर्णरुपमा सञ्चालनमा ल्याउन व्यवस्थापनलाई आधुनिकीकरण गरेर अघि बढ्नुपर्ने जिकिर गर्नुभयो ।

उपप्रधानमन्त्री सिंहले नेपालमा युवाहरू बस्नै चाँहदैनन् भनेर भाष्य विकसित भएको बताउँदै त्यसलाई समाधान गर्न सबै जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले अधिकारको कुरालाई ठूलो स्वरले उठाउने र जिम्मेवारीको कुरा आउँदा सबैपछि हट्ने प्रवृत्ति त्याग्नुपर्ने बताउनुभयो । 

“अहिले नेपालमा युवाहरू कोही बस्नै चाँहदैनन् भन्ने भाष्य स्थापित गरिएको छ । भाष्य मात्रै बनाउनेहरूको त काम सकियो । त्यो समस्या समाधान गर्न सबैले जिम्मेवार भएर लाग्न पर्यो”, उहाँले भन्नुभयो ।

प्रकाशित मिति: २६ पुस २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्