रवि रिहा भएपछि रास्वपा कास्कीले भन्यो – ढिलै भए पनि सत्यको जित भयो
पोखरा । निलम्बित केन्द्रीय सभापति रवि लामिछाने धरौटीमा रिहा भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीले सत्यको जित भएको प्रतिक्रिया दिएको छ ।
रास्वपा कास्की सभापति यदुनाथ अधिकारीले विज्ञप्ति जारी गर्दै ढिलै भए पनि सत्यको जित भएको बताएका हुन् ।
‘ढिलै भए पनि सत्यको जित भएको छ,’ ‘८४ दिनदेखि विना कसुर हिरासतमा रहनुभएको थियो । अदालतले उहाँलाई ६५ लाख धरौटीमा रिहाइ गर्ने आदेश दिएको छ,’ विज्ञप्तिमा उललेख छ ।
अदालतको आदेशप्रति रास्वपाले आभार व्यक्त गरेको छ ।
सभापति यदुनाथ अधिकारीले रिहाइका लागि साथ दिनेहरूलाई धन्यवाद दिएका छन् ।
प्रकाशित मिति: २६ पुस २०८१, शुक्रबार