अटोरिक्सामा बेहोस भएका पुरूषको मृत्यु, दुई जना पक्राउ


 


धनगढी, पुस २६ । कैलालीको धनगढीमा अटो रिक्सामा चढेको बेला बेहोस भएका एक जनाको मृत्युु भएको छ ।

बिहीबार शहीदगेटदेखि चौराहातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ह ४८८७ नम्बरको अटोमा बेहोस भएका सवार धनगढी उपमहानगरपालिका–४ मा डेरा गरी बस्ने ४६ वर्षीय भुवन खत्रीको मृत्यु भएको हो ।

उनलाई उपचारका लागि माया मेट्रो अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्युु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अटो चालक धनगढी उपमहानगरपालिका–४ बस्ने ४० वर्षीय नारायण थापा र अटोमा सवार धनगढी–३ बस्ने ४२ वर्षीया मन्जुरी खानलाई अनुुसन्धानका लागि नियन्त्रणमा लिइएको छ ।

शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २६ पुस २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्