हुम्लामा औषधि अभाव, विरामीलाई समस्या
काठमाडौँ, पुस २६ । हुम्लाको खार्पुनाथ गाउँपालिकामा औषधिको अभाव भएको छ ।
गाउँपालिकाभित्र रहेका सबै स्वास्थ्य संस्थामा एक महिनादेखि औषधिको अभाव भएको हो । सरकारले निःशुल्क वितरण गर्ने औषधि अभाव हुँदा बिरामी समस्यामा परेका छन् ।
गाउँपालिकामा रहेका चारवटा स्वास्थ्यचौकी, एक सामुदायिक अस्पताल, एक आधारभूत स्वास्थ्य केन्द्र, छ वटा आधारभूत स्वास्थ्य एकाइमा यतिबेला औषधि अभाव भएको छ । स्वास्थ्य संस्थामा उपचारका लागि पुगेका सेवाग्राही औषधि नहुँदा फिर्ता हुने गरेका छन् ।
दशैँअघि पनि औषधि अभाव हुँदा रु पाँच लाखको औषधि गाउँपालिकाले गरिद गरेको थियो । दशैँमा खरिद गरेको पनि सकिएर पुनः औषधि खरिदका लागि टेण्डर आह्वान भएको गाउँपालिका स्वास्थ्य संयोजक हरिभक्त शाहीले बताए ।
प्रकाशित मिति: २६ पुस २०८१, शुक्रबार