रवि लामिछाने, छवि जाेशी र रामबहादुरले बुझाए धरौटी
कास्की २४ पुस । सूर्यदर्शन सहकारी ठगी प्रकरणका आरोपी रवि लामिछाने, छविलाल जोशी र रामबहादुर खनालले बैंक ग्यारेन्टीमार्फत धरौटी बुझाएका छन् ।
लामिछाने, जोशी र खनालले भने बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएका हुन् । रविसँग ६५ लाख, जोशीसँग ८८ लाख, खनालसँग १५ लाख धरौटी माग गरिएको छ ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नीजित राईको इजलासले थुनामा रहेका सबै प्रतिवादीसँग धरौटी माग गरेको थियो ।
लिला पछाईको हकमा भने भोलिमात्रै हुने बताइएको छ । पछाईसँग अदालतले ३७ लाख धरौटी माग गरेको छ ।
अदालतको आदेशलगत्तै तीन जना धरौटी बुझाएर रिहा भइसकेका छन् । सञ्चालक समितिका पूर्वसदस्य कृष्ण गुरुङ, पूर्वउपाध्यक्ष मीना गुरुङ र पूर्वकोषाध्यक्ष आरती गुरुङ धरौटी बुझाएर छुटेका हुन् । त्यस्तै, कृष्णलाई १ लाख, मीना र आरतीलाई ५/५ लाख रुपैयाँ धरौटी माग गरिएको थियो ।
प्रकाशित मिति: २५ पुस २०८१, बिहिबार