जनताले अनुभूत गर्नेगरी सरकार काममा जुटेको छ : सञ्चारमन्त्री गुरुङ


 


लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जनताले अनुभूत गर्नेगरी सरकार काममा जुटेको बताएका छन् ।

नेपाल प्याब्सन जिल्ला कार्य समिति लमजुङको १२औँ जिल्ला अधिवेशनमा बोल्दै सञ्चारमन्त्री गुरुङले यस्तो बताएका हुन् ।

सञ्चारमन्त्री गुरुङले शिक्षा, स्वाथ्य, खानेपानी, भौतिक पूर्वाधार तथा सञ्चार क्षेत्रको विकासका साथै रोजगारीका अवसर सृजना गर्न सरकार प्रतिबद्ध भएर लागेको बताए ।

अन्तरमन्त्रालय समन्वय गरेर विकास–निर्माणका काम कार्यान्वयन गर्न सरकार लागिपरेको उनले बताए।

कांग्रेस र एमाले मिलेर देशको अर्थतन्त्र सुधारेर सुशासन कायम गर्दै जनतालाई सरकारले राज्य सञ्चालन गरिरहेको अनुभूति गराउनेगरी काम गरिरहेको बताए ।

देशको विकासलाई नै केन्द्रमा राखेर प्रधानमन्त्रीको निर्देशनअनुसार सरकार क्रियाशील रहेको उनले बताए ।

प्रकाशित मिति: २५ पुस २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्