भारतको तिरुपति मन्दिरमा भागदौड मच्चिदा ६ जनाको मृत्यु


 


नयाँ दिल्ली । भारतको आन्ध्र प्रदेशमा रहेको तिरुपति विष्णु निवासम आवासीय परिसरमा भागदौड मच्चिदा ६ जना भक्तजनको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् । मृत्यु हुनेमा पाँच महिला र एक पुरुष छन् । घाइतेहरूलाई अस्पताल लगिएको छ ।

दर्शनको लागि टोकन लिन बैकुण्ठ द्वारमा ठूलो संख्यामा भक्तजनहरू भेला हुँदा भागदौड मच्चिएको थियो । बिहीबार बिहान ५ बजेदेखि ९ वटा काउन्टरमा टोकन वितरण गर्ने कार्यक्रम थियो। तिरुपति शहरका आठ स्थानमा टिकट वितरण केन्द्रहरू बनाइएका थिए । भक्तजनहरू ठूलो संख्यामा भेला भएका हुनाले एक विद्यालयमा स्थापित केन्द्रमा भीड नियन्त्रण बाहिर गएरु भागदौड मच्चिएको बताइएको छ ।

आन्ध्र प्रदेशका मुख्यमन्त्री एन. चन्द्रबाबु नायडूले घटनामा मृत्यु भएकाप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । बिहीबार मुख्यमन्त्री आफैं दिउँसो तिरुपति पुगेर स्थितिको अवलोकन गर्ने जनाएका छन् ।

वैकुण्ठ एकादशी शुक्रबार (जनवरी १०, २०२५) मनाइनेछ। वैकुण्ठ एकादशी हिन्दू क्यालेन्डरको धनुर महिना (धनु सूर्य महिना) मा पर्छ । तमिल परम्परामा यसलाई धनुरमास वा मार्गझी महिना भनिन्छ ।

प्रकाशित मिति: २५ पुस २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्