उच्च पहाडी तथा हिमाली भागका हिमपातको सम्भावना
काठमाडौं, पुस २५ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका धेरै स्थानमा हुस्सु र पहाडी भेगमा कुहिरो लागेको छ ।
आज दिउँसो कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यसैगरी आज राति कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली हुने छ भने बाँकी भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: २५ पुस २०८१, बिहिबार