लस एन्जलसमा आपत्‌कालको घोषणा, डढेलो अनियन्त्रित


 


एजेन्सी । अमेरिकाको लस एन्जलसमा आपत्‌कालको घोषणा गरिएको छ ।

सुरुमा १० एकडमा लागेको आगो केही घण्टामै २९ सय एकडमा फैलिएपछि आपत्‌कालको घोषणा गरिएको हो ।

डढेलोले दशौं हजार व्यक्ति प्रभावित भएका छन् । जोखिम क्षेत्रबाट मानिसहरुलाई उद्धार गर्ने काम जारी छ ।

आगो पाँच वर्गकिलोमिटर क्षेत्रमा फैलिइसकेको छ । हेलिकोप्टर र दमकलबाट आगो निभाउन अग्निनियन्त्रकहरु सक्रिय छन् ।

तर १६० किलोमिटर प्रतिघण्टाको वेगले हावा चलेकाले आगो नियन्त्रणमा कठिनाइ भइरहेको छ ।

लस एन्जलस अग्निनियन्त्रण विभागका अनुसार आगलागीबाट २३ हजारभन्दा बढी घर र भवनहरु जोखिममा छन् ।

आगो निभाउन २५० अग्नि नियन्त्रक, दमकल र हेलिकोप्टर परिचालन गरिएको छ।

प्रकाशित मिति: २४ पुस २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्