घर नजिकैको सिँचाइ पोखरीमा डुबेर बालिकाको मृत्यु
धनगढी, पुस २४ । डडेल्धुरामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ कालापानी गाँउ बस्ने गणेश मालीकी अढाई वर्षीया छोरी रिया मालीको डुबेर मृत्यु भएको हो । बालिका आफ्नो घर नजिकै सिँचाइका लागि बनाएको पोखरीमा डुबेकी हुन् ।
डुबेर अचेत भएकी उनलाई उपचारको लागि डडेल्धुरा अस्पताल लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
प्रकाशित मिति: २४ पुस २०८१, बुधबार