चीनमा भूकम्पबाट मृत्यु हुनेको संख्या १२६ पुग्यो


 


काठमाडौं । चीनको तिब्बतमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १ सय २६ पुगेको छ । भूकम्पमा परेर १८८ जना घाइते भएका छन् ।

भूकम्प गएपछि तिब्बतको शिगात्से सहरमा १ हजारभन्दा बढी भवन भत्किएका छन् भने विद्युत् र जल वितरण प्रणाली अवरुद्ध भएको चिनियाँ सञ्चारमाध्यम सिजिटिएनले जनाएको छ ।

चिनियाँ निकायहरूका अनुसार नेपाल–चीन सीमामा अवस्थित सगरमाथा क्षेत्रनजिकै केन्द्रविन्दु बनाएर गएको उक्त भूकम्पछि कैयौँ परकम्प मापन गरिएको छ ।

उक्त भूकम्पले नेपाल, भारत र भुटानका विभिन्न स्थानमा पनि हल्लाएको थियो । अमेरिकी भौगर्भिक निकाय यूएसजीएसले उक्त भूकम्प ७.१ म्याग्निट्यूडको भएको र त्यो जमिनभन्दा १० किलोमिटर तल गएको जनाएको छ ।

प्रकाशित मिति: २४ पुस २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्