वीरगञ्ज महानगरका विद्यालय तीन दिन बन्द


 


वीरगञ्ज, पुस २४ । अत्यधिक चिसो बढेसँगै वीरगञ्ज महानगरपालिकाले तीन दिनका लागि महानगरभित्रका विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।

जिल्ला चिसोसँगै बाक्लो हुस्सु लाग्न थालेपछि महानगरले पुस २४ देखि २६ गतेसम्म तीन दिन जाडो बिदा दिने निर्णय गरेको हो ।

महानगरका शिक्षा अधिकृत हरि राउतले सार्वजनिक सूचना जारी गरेर तीन दिन सामुदायिक र संस्थागत विद्यालयलाई जाडो बिदा दिने निर्णय भएको जानकारी दिए ।

प्रकाशित मिति: २४ पुस २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्