एनआईसी एसिया बैंकद्वारा विद्यालयमा पुस्तकालय निर्माण
काठमाडौँ, पुस २४ । एनआईसी एसिया बैंकले चितवनको राप्ती नगरपालिकास्थित वीरेन्द्र आदर्श माध्यमिक विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न गरेको छ ।
बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत निर्माण गरिएको विद्यालयको उक्त पुस्तकालय उद्घाटनव समेत गरिएको छ ।
यस किसिमको सहयोगले विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराई अध्ययन अध्यापनमा सहयोग गर्ने विश्वास लिइएको छ ।
बैंकले देशका विभिन्न सामुदायिक विद्यालयमा पुस्तकालय निर्माण कार्य गरिरहेको छ । जसका लागि बैंकले २ करोड ५ लाख ३० हजार रुपैयाँ बजेट विनियोजन गरेको बैंकले जनाएको छ ।
यस कार्यबाट ११ हजारभन्दा बढी विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित हुने बैंकले जनाएको छ ।
प्रकाशित मिति: २४ पुस २०८१, बुधबार