विद्यार्थीलाई मतदान कक्षा


 


मलेखु (धादिङ), फागुन १२

स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा मत दिनका लागि नीलकण्ठ बहुमुखी क्याम्पसले विद्यार्थीलाई कक्षा कक्षामा गएर सिकाएको छ ।

मतदान गर्नका लागि विद्यार्थी आतुर भए पनि मतदान गर्न जानेनन् भने यसको परिणाम राम्रो नहुने भएकाले सबै विद्यार्थीलाई स्ववियु निर्वाचनमा राम्रोसँग मतदान गर्न सिकाइएको नीलकण्ठ क्याम्पसका उपप्राध्यापक मुरारी अधिकारीले बताउनुभयो ।

सात सय ७९ मतदाता रहेको नीलकण्ठ क्याम्पसमा हुने निर्वाचनमा अनेरास्ववियु, नेविसङ्घ, अखिल (क्रन्तिकारी) र नयाँ शक्ति विद्यार्थी युनियन चुनावी प्रतिस्पर्धामा छन् ।

जिल्लाका आठ क्याम्पसमा हुने स्ववियु चुनाव यही फागुन १४ गते तीन र फागुन १८ गते पाँच वटा क्याम्पसमा हुने मिति तय भएको छ । रासस

प्रकाशित मिति: १२ फाल्गुन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्