बझाङमा अस्पताल लैजाँदै गर्दा बाटोमै सुत्केरी र बच्चाको मृत्यु


 


धनगढी, पुस २३ । बझाङमा अस्पताल लैजाने क्रममा सुत्केरी महिला र नवजात शिशुको बाटोमै मृत्यु भएको छ ।

जिल्लको केदास्युँ गाउँपालिका–१ की २१ वर्षीया गर्भवती महिला सविता बोहरालाई अस्पताल लैजाने क्रममा बाटोमै सुत्केरी भएपछि अत्यधिक रक्तश्रावपछि मृत्यु भएको हो ।

स्थानीय महिलाहरुले प्रसूति गराउनका लागि बोकेर अस्पताल लैजाने क्रममा बोहराले बाटोमै नवजात शिशुलाई जन्म दिएकी थिइन् ।

सुत्केरीको मृत्यु भएको केही समयपछि शिशुको पनि मृत्यु भएको केदास्युँ गाउँपालिका–१ का वडाध्यक्ष वीरबहादुर भण्डारीले बताए ।

बझाङ, बाजुरा, अछामलगायतका जिल्लाका दुर्गम भेगमा गर्भवती महिलाहरुलाई समयमै अस्पताल पुर्याउन नसक्दा ज्यान गुमाउनुपर्ने अवस्था छ ।

प्रकाशित मिति: २३ पुस २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्