सरकारले हुतिहारा व्यवहार प्रदर्शन गर्‍यो – खनाल


 


झापा, फागुन १२

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले अझै निर्वाचन हुनेमा आशंका कायमै रहेको बताएका छन् । उनले निर्वाचनको मिति घोषणा भएपनि आवश्यक तयारी नगरी सरकारले अल्मल्याउन खोजिरहेको बताए ।प्रेस चौतारी पूर्वक्षेत्रीय कमिटीले विहीबार झापाको बिर्तामोडमा गरेको पत्रकार सम्मेलनमा नेता खनालले संविधान संशोधनबिना निर्वाचन गर्न नसकिने अडान राखेर सरकारले हुतिहारा व्यवहार प्रदर्शन  गरिरहेको आरोप लगाए ।

संविधान कार्यान्वयनका लागि मधेसी मोर्चाले अब अवरोध गर्न नहुने भन्दै उनले सबै कुराको फैसला निर्वाचनबाट हुने बताए । उनले सरकारले संविधानविरोधी संशोधन प्रस्ताव अघि सारेको भन्दै कुनै हालतमा पास हुन नदिने जिकिर गरे ।

प्रकाशित मिति: १२ फाल्गुन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्