घुस लिँदै गर्दा दुई कर्मचारीसहित तीनजना पक्राउ


 


भक्तपुर, फागुन १२

घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला मालपोत कार्यालयबाट दुई कर्मचारीसहित तीनजनालाई पक्रेको छ । पक्राउ पर्नेमा मालपोत कार्यालय भक्तपुरका नायव सुब्बा ऋषिराम बुढाथोकी, कार्यालय सहयोगी केशबबहादुर खत्री र लेखापढी व्यवसायी विष्णुहरिलाई नगदसहित पक्राउ गरेको महानगरीय प्रहरी बृत जगातीले जानकारी दिएको छ ।

मालपोत कार्यालय अगाडिको खाजा पसलमा सेवाग्राहीसँग ६ लाख १४ हजार रुपैयाँ घुस लिँदै गर्दा एक सातादेखि निगरानीमा रहेका अख्तियारको टोलीले कार्यालय समय पछि घुस लिँदै गरेको रकमसहित नियन्त्रणमा लिएको प्रहरीको भनाई छ ।

प्रकाशित मिति: १२ फाल्गुन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्