दुर्घटनामा एक जनाको मृत्यु


 


बर्दिया, फागुन १२
बर्दियाको ठाकुरद्धार आम्बासा सडक खण्ड अन्तर्गत ठाकुरद्धारमा गएराति मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

भे २ प ६६६५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलको पछाडि बसेका दैलेख जम्मुकाँध घर भई बर्दियाको सूर्यपटुवा ठाकुरद्धार सिँचाईमा कार्यरत नविन भण्डारीको मृत्यु भएकामे हो ।

मोटरसाइकल चालक शिवपुर–९ का संजय थारुलाई ईलाका प्रहरी कार्यालय भुरीगाउँले पक्रेर अनुसन्धान थालेको छ ।

प्रकाशित मिति: १२ फाल्गुन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्