राज्यव्यवस्था समितिका सभापति खतिवडामाथि खनिए‍‍ कांग्रेस सांसद थानी


 


काठमाडौं । राज्यव्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडा र कांग्रेस सांसद हृदयराम थानीबीच बैठकमै चर्काचर्की परेको छ ।

समितिको बैठकमा सांसद थानी बोलिरहेका बेला सभापति खतिवडाले अवरोध गरेपछि चर्काचर्की परेको हो ।

समितिको बैठकमा थानी बोल्दै गर्दा सभापति खतिवडाले रोक्न खोजेपछि थानी झोक्किएर सभापति खतिवडामाथि खनिएका थिए ।

लामो सयमअघि परेको उजुरीमा हुन लागेको छलफलमा थानीले समितिको कार्यपद्धतिको विषयमा प्रश्न उठाएका थिए ।

सांसद थानीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक पनि संसदीय समितिमा आईसीयूमा पुगेको भनेपछि सभापति खतिवडा बोल्न थालेका थिए । सभापति खतिवडाले उक्त विधेयक आईसीयूमा नपुगेको बताए ।

त्यसपछि सांसद थानी आक्रोशित बन्दै समितिमा तपाईं नै बोल्नुस् भन्दै सभापति खतिवडामाथि खनिएका थिए । त्यसपछि समिति सञ्चालनको प्रक्रिया नै ठिक नभएको भन्दै थानी उनीमाथि खनिएका थिए ।

राज्य व्यवस्था तथा सुशासन समितिको सभापति भएर काम गरिसकेका थानीले सभापतिको शैलीमाथि प्रश्न उठाउँदै आफू नबोल्ने भनेर सभापतिलाई नै बोल्न अग्रह गरेका थिए ।

प्रकाशित मिति: २२ पुस २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्