सुदूरपश्चिममा वर्षासँगै हिमपातको सम्भावना
काठमाडौं, पुस २२ । देशमा अझै पनि पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान, मौसम पूर्वानुमान महाहशाखाका अनुसार बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक देखि साधारणतया बदली देखिएको छ । बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको छ ।
तराई क्षेत्रका केही स्थानहरूमा हुस्सु र कुहिरो देखिनुका साथै, बिहानको समयमा बढी हुस्सु तथा कुहिरोको सम्भावना रहेको महाहशाखाले छ ।
दिनभरि बाग्मती, कोशी र मधेश प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक देखि साधारणतया बदली रहने छ भने, तराई र उपत्यकामा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।
सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक दुई स्थानमा हल्का वर्षा र उच्च हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।
काठमाडौं उपत्यकाको आजको मौसममा हल्का बदली र हुस्सु/कुहिरोको प्रभाव रहेको हुँदा, तापक्रम केही कम हुने अनुमान गरिएको छ ।
प्रकाशित मिति: २२ पुस २०८१, सोमबार